भारतसँग विवादका बीच चीनले भन्योः हामी आक्रमण गर्दैनौं कसैले गरे छोड्दैनौं

डिसी नेपाल
१७ भदौ २०७७ २२:२३

काठमाडौं (एजेन्सी)। भारत र चीनबीच सीमा क्षेत्रमा तनाव बढिरहेका बेला दुई देशका नेताहरुका पनि धारणाहरु आइरहेका छन्। सीमा क्षेत्रमा अगस्ट २०, ३० र सेप्टेम्बर १ मा भारतीय सेना र चिनियाँ सेनाबीच झडप भएको खबर आइरहेका बेला चिनियाँ विदेशमन्त्री वांग यीले राष्ट्र संघमा एक मन्तव्य दिँदै चीनले कसैलाई पनि आक्रमण नगर्ने तर आक्रमण गरे नछोड्ने बताएका हुन्।

उनको यो भनाई भारतसँग सीमा क्षेत्रमा तनाव चर्किरहेका बेला आएको हो। १९६२ पछि हालका दिनमा चीन र भारतबीच सबैभन्दा नाजुक सम्बन्ध रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले बताएको केही दिनपछि चिनियाँ विदेशमन्त्रीको यो भनाई आएको हो।

चिनियाँ विदेशमन्त्री यीले चीनले विश्वमा शान्ति चाहेको भन्दै चीनले कुनै पनि प्रकारको विस्तारवादी नीति वा माग नगरेको बताएका छन्। उनले चीन विरोधी गतिविधि भए त्यसको जवाफ दिइने भन्दै उनले चीनले आफ्नो संप्रभुताको रक्षा गर्ने बताएका छन्।

उनले राष्ट्रसंघले विश्वमा शान्तिका लागि काम गर्नुपर्ने भन्दै शीत युद्धको मानसिकता सबैले त्याग्नुपर्ने र वार्तालाई महत्व दिनुपर्ने बताएका छन्। पछिल्ला दिनहरुमा अमेरिका र चीनबीच पनि विभिन्न क्षेत्रमा तनाव बढिरहेको छ। जसलाई नयाँ शीत युद्ध भन्ने गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *