१२ वर्षमुनि, ६० वर्षमाथि र दीर्घरोगीलाई निस्कन रोक

डिसी नेपाल
१८ भदौ २०७७ ६:२९

काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार थप एक साताका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्। अधिकारीहरूको संयुक्त बैठकले दैनिक जीवनलाई केही सहज बनाउने गरी उपत्यकामा निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन काठमाडौंद्वारा बुधबार साँझ जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्। जसअनुसार भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले गत ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।

तर, संक्रमण बढ्दै गएपछि १० भदौमा पुनः सात दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो। जुन बुधबार मध्यरातिबाट सकिएसँगै थप एक हप्ता निषेधाज्ञा लगाइएको हो।

निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन गरिएको छ । जसअनुसार बिहान ११ बजेसम्म किनमेल र हिँड्डुलका लागि खुकुलो पारिएको छ । बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाव्यवस्था मिलाइएको छ ।

निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेन्टको टेक अवे सेवालाई पनि खुला गरिएको बताइएको छ। यद्यपि होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने बन्द हुनेछन् । अब, भन्सार तिरेका गाडी र मोटरसाइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । अन्य सवारी सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक सवारी साधनमा आउने चालक र सहयोगी अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्नुपर्ने निर्णयसमेत भएको छ ।

निषेधाज्ञाको समयमा गुड्ने अत्यावश्यक सवारी साधनमा सवार व्यक्तिले अनिवार्य फोटोसहितको परिचय बोक्नुपर्नेछ । वास्थ्य मापदण्ड पूरा गरेर कारखानाभित्रै मजदुर राख्ने गरी उद्योगधन्दा सञ्चालन गर्न पाउने निर्णय पनि गरिएको छ । निषेधाज्ञाअनुसार अब १२ वर्षमुनि, ६० वर्षमाथि र दीर्घरोगीलाई अत्यावश्यक काममा समेत घरबाहिर निस्कन रोक लगाइएको छ । यसैगरी अन्य व्यक्तिहरू भने अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाउने छैनन् । उपत्यकाका तीन सीडीओले निषेध गरिएका सेवा उल्लेख गरेर सार्वजनिक गरेको सूचनामा भनिएको छ, ।

अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका नागरिक एवं दीर्घरोग भएका जुनसुकै उमेरका मानिसहरू घरबाट बाहिर ननिस्कनू ।’ निषेधाज्ञा अवधिमा आइसोलेसन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिब र परीक्षणको दायरा बढाउने निर्णय पनि भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले बुधबार नै कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने सुझाव दिएको थियो ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताउनुभएको थियो ।

नेपालमा कुल कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा छन् । त्यसमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन् । त्यसो त काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य आफैँ कोरोना

संक्रमित भएका छन। उनी अहिले आइसोलेनमा बसेका छन् । उनीसँगै महानगरका तीन कर्मचारी पनि संक्रमित रहेका छन् । उपत्यकामा संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ भने काठमाडौं महानगरका ३२ वटै वडामा संक्रमण पुगिसकेको छ । यो समाचार हिमालय टाइम्स दैनिकले छापेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *