अमेरिकाको बाल्टिमोरमा ३० भन्दा बढी नेपाली परिवार कोरोना संक्रमित

डिसी नेपाल
१९ भदौ २०७७ ३:२५

वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्डस्थित नेपाली समुदायको वाक्लो बस्ती भएको बाल्टिमोर शहरमा फैलिएको कोरोना भाइरसका कारण नेपाली समुदायका ३० भन्दा बढी परिवार संक्रमित भएका छन् ।

कोरोनाको जोखिमबारे जान्दा जान्दै पनि बेवास्ता गर्दै आफन्तहरुको निवासमा आयोजना गरिएका भोज तथा जमघटमा सहभागी हुंदा नेपाली समुदायमा संक्रमण फैलिएको हो । नाम नबताउने सर्तमा एक कोरोना संक्रमित भन्छिन् ‘हामी एक आफन्तको घरमा आयोजना गरिएको पूजामा सरिक भएका थियौ। त्यो पार्टीमा सहभागीमध्ये एकजना बहिनी कोरोना संक्रमित भएकी रैछिन् । उनको कारण धेरैले कोरोनाको जटिल परिस्थितिको सामाना सामना गर्नु प-यो ’

नेपालमा रहेका आफन्तहरु आत्तिने र डराउने भएको कारण धेरैले आफू संक्रमित भएको बताउन नचाहेको बाल्टिमोरको नेपाली सस्था बानाका महासचिव किरण ढकाल बताउँछन् । ‘करिव ३० परिवारभन्दा बढी नै संक्रमित भएका छन् यहाँ,’ उनले भने, ‘तर सबैको अवस्था खतरा मुक्त छ ।’

संख्याका हिसावले ३० परिवारका ७५ जनाभन्दा बढी व्यक्तिहरु कोरानाबाट संक्रमित भएका हुन् । ढकालका अनुसार, संक्रमित नेपाली परिवारहरु प्रायजसो बानाकोे नियमित भर्चुवल संपर्कमा छन् । बाना कोरोना भाइरस शुरु भएदेखि नै नेपाली समुदायमा आवश्यक सामग्री पुर्याउनेदेखि सचेतना जगाउनेसम्मका काममा सक्रिय संस्था हो बाल्टिमोरका नेपालीहरु माझ ।

संकटको बेला थुप्रै विद्यार्थी र नेपालीहरु लाई सहयोग गरेर चर्चा कमाएको बाल्टिमोर को अर्को संस्था ‘बाल्टिमोर साथी’ का अध्यक्ष रमेश भट्टको जानकारीमा पनि करिव २५ भन्दा बढी परिवार कोरोना संक्रमित भएको तथ्यांक छ ।

थोरै हेलचेक्य्राइ“का कारण बाल्टिमोरका धेरै नेपाली कोरोनाको शिकार भएको उनको ठम्याइ छ । ‘मान्छेहरु माक्सको सही प्रयोग नै गर्दैनन्’ रमेश भन्छन्, ‘कतिले त स्यानिटाइजरको प्रयोग नै गर्न छोडिसकेका छन् ,यस्तोबेला हामीले जनचेतना जगाउने बिबिध कामहरु गरिरहेका छौं ।’

कतिपय संक्रमितहरुले कोभिड १९ मा हेलचेक्र्याइ“ नगर्न अपिल गर्दै आफू संक्रमित भएको र अरुलाई यसबाट यसबाट सचेत रहन सामाजिक सन्जालमार्फत आग्रह गरेका छन् बाल्टिमोरमा । बाल्टिमोर निवासी निलम ‘चिमखोले कान्छो’ले फेसबुकमा स्ट्याटस नै लेखेर कोरोना लागेको कुरा सार्वजानिक गरेका छन् ।

उनले कोरोना पोजिटिभ आयो भन्दैमा कुरा नलुकाउन अरुलाई पनि आग्रह गरेका छन् र भनेका छन्,‘सर्वजानिक गरे हाम्रै आफन्त तथा साथीभाइहरुलाई सजग र सतर्क रहन मद्धत पुर्याउने छ ।’

उनले आफ्नो स्वास्थ्यमा सुधार भई कोरोना मुक्त भइसकेको जानकारी डिसी नेपाललाई दिएका छन् । तर धेरैजसोले भने आफू सामाजिक रुपमा बहिस्कार पो हुने हो कि भन्ने डर र नेपालमा रहेका आफन्तले बढी पीर गर्ने डरले गर्दा संक्रमण भए पनि सो कुरालाई गोप्य नै राखेका छन् ।

चर्चित कलाकार तथा अवैतनिक महवाणिज्य दुत प्रेमराजा महतले फेसबुकमा लामै स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको र सेल्फ क्वारेन्टिन पछि कोरोना मुक्त भएको जानकारी गराएका छन् ।

समाचारअनुसार, संक्रमितहरुमध्ये स्वास्थ्यमा समस्या आई ५ जनामात्र अस्पताल भर्ना भएका र उनीहरु पनि स्वास्थ्य लाभ भई घरमै आराम गरिरहेको बानाका महासचिव ढकालले जानकरी दिए । बांकी संक्रमितहरु घरमै आइसोलेसनमा बसेर उपचाररत भएको बताइएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *