अर्थमन्त्रीबाट राजीनामा दिनु अघि खतिवडाले के भने?

डिसी नेपाल
१९ भदौ २०७७ १९:२१

काठमाडौं। पदबाट राजीनामा दिनुअघि निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले आफुले शुरु गरेको आर्थिक प्रणाली सुधारका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

अर्थमन्त्रीबाट राजिनामा दिनुभन्दा अघि मन्त्रालयमा सचिव, विभागीय प्रमुख र कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

सम्बोधनमा डा. खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखा परीक्षण ऐन जस्ता महत्वपूर्ण कानून बनाएर राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि जग बसालेको उल्लेख गरे।

खतिवडाले अर्थमन्त्रीका रुपमा २ वर्ष ६ महिना पुरा गरेका छन्। २०७४ फागुनमा पहिलो पटक अर्थमन्त्री नियुक्त भएका खतिवडाले २०७६ फागुन २१ गते दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडाले राजीनामा दिनुपर्ने अवस्था आएको थियो। शुक्रबार नै उनले राजीनामा दिइसकेका छन्।

राजीनामा अघि डा. खतिवडाले सूचना प्रविधि तथा संचार मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमाउनले संचार मन्त्रालयको जिम्मेवारी अनेपेक्षित रहेको बताए।

‘आमसञ्चार, सूचना प्रविधि, विज्ञापन प्रविधि नबुझ्ने त होइन। तर, यो मन्त्रालय सम्हालुला र सरकारको प्रवक्ता हुन्छु भन्ने कल्पना गरेको थिइनँ,’ उनले भने।
तत्कालीन मन्त्री गोकुल प्रसाद बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले २०७६ सालफागुन ११ गते सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको थियो।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *