अर्थमन्त्रीको विदाइमा प्रधानमन्त्री ओली भावकु र उत्तेजित

डिसी नेपाल
२० भदौ २०७७ १२:३२

काठमाडौं। शुक्रबार मन्त्रिपरिषदको नियमित बैठक अर्थमन्त्री युवराज खतिवडाको अन्तिम थियो। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा आफूले गरेका कामको बुँदा लेखेरै लगेका थिए।

अर्थमन्त्री खतिवडाले आफूले विमश परिस्थितिमा अर्थमन्त्रालय सम्हालेको र आफ्नो कार्यकाल सफल भएको बताएका थिए। बुँदागत रुपमा खतिवडाले आफूले गरेका राम्रो कामको विवरण पेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको प्रशंसामा झण्डै १० मिनेट बोलेका थिए।

प्रधानमन्त्री ओलीले ‘डाक्टरसा’व तपाइँलाई खेदिरहेका वा तपाइँको विरोध गरेर देशको समृद्धि नचाहने तत्वले मेरो विरोध गर्न नसकेपछि तपाइँको विरोध गरेका हुन्’ भनेका थिए।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडाको प्रशंसा गर्दै उत्तेजित पनि भएका थिए। उनले पार्टीको आन्तरिक विवादतर्फ संकेत गर्दै खतिवडाको बाटो छेकेर मुलुकको समृद्धिमा अवरोध सृजना गरेको बताएका थिए। उनले उत्तेजित हुँदै मन्त्रिपरिषद पुनर्गठन हुने हल्ला चलाएको भन्दै मन्त्रिपरिषद पुनर्गठन नहुने भन्दै ढुक्कले काम गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *