सीमामा तनावका बीच भारतीय सेनाद्वारा चिनियाँ नागरिकको उद्धार

डिसी नेपाल
२० भदौ २०७७ २०:०६

नयाँ दिल्ली (एजेन्सी)। भारतीय सेनाले सीमा क्षेत्रमा फसेका चिनियाँ नागरिकको उद्धार गरिएको जनाएको छ। भारतीय सेनाले ट्वीट गर्दै सिक्किम क्षेत्रमा फसेका केही चिनियाँ नागरिकको उद्धार गरिएको जानकारी दिएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार १७ हजार फिटको उँचाइ ताथ शून्यभन्दा तलको तापक्रममा केही चिनियाँ नागरिकहरुले बाटो बिर्सेका थिए। र उनीहरु भारततर्फ छिरेका थिए। भारतीय सेनाले उनीहरुलाई तातो कपडा, मेडिकल सहयोग र खाना सहयोग गरेको जनाइएको छ। ट्वीट गर्दै भारतीय सेनाले मानवता आफ्नो लागि सर्वोपरी रहेको बताएको छ।

भारतीय सेनाले चिनियाँ नागरिकको उद्धार गरेको समाचार त्यतिबेला आएको हो जब लद्दाख क्षेत्रमा भारतीय सेना र चिनियाँ सेनाबीच झडपका घटनाहरु भइरहेका छन्। गएको जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। यस्तै अगस्ट २९ र ३० मा पनि त्सो प्योङयाङ तालको तटमा पनि भारतीय सेना र चिनियाँ सेनाबीच मुक्का मुक्की भएको थियो।

उता शुक्रबारमात्र रुसको राधानी मस्कोमा भारतीय रक्षामन्त्री र चिनियाँ रक्षामन्त्रीबीच वार्ता भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *