मजुदर किसान पार्टीका नेता प्रेम सुवाललाई कोरोना संक्रमण
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए भने शनिबार आएको रिपोर्टमा पोजिटिभ देखिएको हो।
शनिबार आएको रिपोर्टमा पोजेटिभ देखिएपछि उनी होम आइसोलेशनमा बसेको नेमकिपाका एक नेताले जानकारी दिए ।
भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो। उनको अवस्था सामान्य रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment