गैह्र पत्रकारलाई महासंघले सदस्यता वितरण गरेको भन्दै अरु संगठनद्वारा विरोध

डिसी नेपाल
२१ भदौ २०७७ १६:२५

नुवाकोट । गैह्र पत्रकारहरुलाई सदस्यताका लागि सिफारिस गरेपछि क्रियाशिल पत्रकार र सम्बद्ध संघ संस्थाहरुले विरोध जनाएका छन्। नेपाल पात्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकारितामा संलग्न नरहेका ६५ जनाको नाम नयाँ सदस्यताका लागि सिफारिस गरेको थियो।

प्रेस संगठन नेपालको बागमती प्रदेश समितिले पहिल्यै बिरोध जनाईसकेको थियो भने प्रेस युनियन नुवाकोटले हालै गैह्र पत्रकारहरुको सदस्यता खारेजीका लागि पत्रकार महासंघ प्रदेश समितिमा उजुरी गरिसकेको छ।

नेपाल पत्रकार महासंघ नुवाकोटले नयाँ सदस्यताका सन्दर्भमा आवश्यक छानविन गरि सिफारिस गर्न जिल्ला सचिव जगदिश खनालको संयोजकत्वमा गठन गरेको कार्यदलले २०७६ साल भदौ २५ गते ८२ जनाको नाम सिफारिस गरेपछि जिल्ला शाखाले त्यही सिफारिस अनुमोदनका लागि बागमति प्रदेश समितिमा पठाएको थियो। तर, तत्कालै प्रेस संगठनको प्रदेश समितिले बिरोध जनाएपछि सहमतिमा नाम सिफारिस गर्न भन्दै सदस्यता सिफारिसको फाईल प्रदेश समितिले जिल्लामै फिर्ता पठाएको प्रदेश समितिका एक पदाधिकारीको जानकारी दिए। उनका अनुसार लामो समयसम्म कसैसँग सम्वाद नै नगरि बसेको महासंघ नुवाकोटको नेतृत्वले एक्कासी गत साउन २० गते जिल्ला समितिको बैठक राखेर कार्यदलको सिफारिस सम्पूर्ण रुपमा अनुमोदन गरि पठाउने निर्णय गरेको थियो।

बैठकमा पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष रामहरी न्यौपाने गैह्र पत्रकारहरुको बाहुल्यता रहने गरि सदस्यता सिफारिस भएकोमा आफ्नो लिखित असहमति जाहेर गरेर बाहिरिएका थिए। रातारात अर्को बैठक पुस्तिका तयार गरेर कार्यदलको सिफारिसमा परेका ३२ जनाको नाम हटाएर बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, निर्माण व्यवसायी र बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु समेत समेटेर नयाँ सिफारिस गरिएपछि पत्रकार महासंघमा सदस्यता बिवाद सृजना भएको उनले जानकारी दिए।

यसैबिच पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष रामहरी न्यौपानेले पत्रकार महासंघको सदस्यता सुद्धिकरण गर्नुको साटो गैह्र पत्रकारहरुको भीड जम्मा गरेर संस्थाको गरिमामा प्रहार गर्ने काम भएको भन्दै सदस्यता छानविन गरि गैह्र पत्रकारहरुको सदस्यता खारेजी गर्न पत्रकार महासंघको बागमति प्रदेश समितिमा उजुरी दिँदै केन्द्रीय समितिलाई त्यसको बोधार्थ पठाएको बताए।

यसैगरी सदस्यता नविकरणका सन्दर्भमा महासंघको बिधान बिपरित बिभिन्न राजनीतिक दलका पदाधिकारीहरु र सरकारी कर्मचारीहरुसमेतको नाम सिफारिस गरिएकोप्रति पनि न्यौपानेले दुबै समितिको ध्यानाकर्षण गराईसकेका छन्।

पत्रकार महासंघको जिल्ला अधिवेशन आगामी फागुनमा हुन लागेको सन्दर्भमा जसरी पनि नेतृत्व आफ्नो पक्षमा ल्याउन उद्यत भएकाहरुले भोटकै लागी सदस्यता बढाउने काम गरेको महासंघ नुवाकोटका पूर्ब अध्यक्ष राजुमित्र खनालको भनाई छ।

खनालका अनुसार जिल्लामा पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनेहरुको संख्या ३० जना भन्दा बढी नरहेको सन्दर्भमा दुईसय जना सदस्य हुने गरी सदस्यता सिफारिस गरिनुले महासंघको साख गिराउने काम भन्दा अरु केही गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *