मेडिकल स्टुडेन्टलाई स्वयम सेवकका रुपमा खटाइने

डिसी नेपाल
२१ भदौ २०७७ १७:१९

काठमाडौं। कोरोना भाइरस महामारी विरुद्धको लडाईँमा मेडिकल स्टुडेन्टलाई पनि खटाइने भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयले आइतबार देशभर अध्ययनरत मेडिकल स्टुडेन्टलाई स्वयम सेवकका रुपमा सम्झौता गरेर खटाउने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वयम सेवक खटाउने विषयमा निर्णय भएको जानकारी दिए। उनले एमबीबीएसमा अध्ययनरत, हेल्थ असिस्टेन्ट, नर्सिंग र मेडिसिनका विद्यार्थीलाई सम्झौता गरेर स्वयम सेवकका रुपमा खटाउने निर्णय भएको जानकारी दिए।

देशमा कोरोना संक्रमितहरुो संख्या तिब्र रुपमा बढिरहेको र जनशक्ति अभाव हुन थालेपछि सरकारले स्वयम सेवक खटाउने निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *