ललितपुर महानगरका मेयरको हत्या गर्ने धम्की दिएका शाक्य पक्राउ

डिसी नेपाल
२१ भदौ २०७७ १९:१०

काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले धम्की दिएको आरोपमा संजय शाक्यलाई ललितपुरको नख्खुबाट पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना भएपछि उनीसँगको कनट्याक्टमा रहेका चिरिबाबु हाल आफ्नै घरमा क्वारेन्टिनमा छन्। यद्यपी उनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

घरमा क्वारेन्टिन बसेका मेयर महर्जनलाई ज्यान मार्ने धम्की आएको थियो। त्यसपछि उनले प्रहरीलाई यो विषयमा जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *