पुल्चोकको झडपमा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

डिसी नेपाल
२२ भदौ २०७७ १४:२१

काठमाडौं। ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेको मध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेको मध्ये ६ जनामा संक्रमण भएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा नौ जना पक्राउ परेका थिए। ती मध्ये ६ जनालाई संक्रमण भएपछि प्रहरीले हाजिर जमानीमा छाडेको छ।

उनीहरुलाई आइसोलेशनमा पठाएको पनि प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *