पोर्न भिडियोमार्फत आफ्ना सहयोगीसँग कुरा गर्थे ओसामा बिन लादेन !
काठमाडौं। अल कायदाका संस्थापक ओसामा बिन लादेनले सम्भवतः पोर्न भिडियोमा राखिएका खास किसिमका सन्देशमार्फत आफ्ना सहयोगी आतंकवादीहरुसँग कुराकानी गर्थे । नेशनल जियोग्राफिकको एउटा नयाँ शोमा लादेनसँगबाट भेटिएका डिजिटल र लिखित सामग्रीको विश्लेषण गरिएको छ । यी सामग्री अमेरिकी नेभी सीलले उनको घरबाट बरामद गरेका थिए । यो डकुमेन्ट्रीको नाम बिन लादेनको हार्ड डाइभ राखिएको छ ।
डेलीमेलको रिपोर्टअनुसार पत्रकार पिटर बर्गेनले शोमा यो कुराको अनुसन्धान गरेका छन् कि लादेनसँग भएका फाइलहरु के वास्तवमा संचार उपकरण थिए ? लादेनका पत्रहरुका अनुसार उनी इमेल प्रयोग गर्न डराउँथे । बाहिरी संसारसँग उनी धेरैजसो कुराकानी कुरियरमार्फत गर्थे । २०११ मा पाकिस्तानमा लादेनलाई मारिएको थियो । अमेरिकी नेभी सीलको कारवाहीको क्रममा लादेनले आफूसँग भारी मात्रामा एडल्ट भिडियो र फोटोहरु राखेको खुलासा भएको थियो ।
बिन लादेनको हार्ड ड्राइभ डकुमेन्ट्रीलाई सीएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक पिटर बर्गेनले पेश गरेका हुन् । उनी पश्चिमी देशका यस्ता पहिलो पत्रकार हुन् जसले टेलिभिजनमा लादेनको अन्तरवार्ता लिएका थिए । सीआइएका एक्सपर्ट रिड मेलोयले भने लादेनले यी भिडियोहरु आफ्नै प्रयोजनको लागि राखेको र उनले अन्य आम मानिसहरुले जस्तै पोर्न भिडियो हेरेर आनन्द लिने गरेको हुन सक्ने तर्कसमेत गरेका छन् ।
तर, पाकिस्तानको एवटाबादमा जुन घरमा लादेन बसेका थिए त्यहाँ उनी अन्य २२ जनासँग बस्थे । त्यसैले उनले यी भिडियोहरु आफ्नै जागि जम्मा गरेको र आफैंले भिडियो हेर्ने दावी बलियो देखिँदेन । यो घरमा इन्टरनेट थिएन र कुनै कम्प्युटर थिएन तर कैयौं टिभी सेटहरु थिए । २०१७ मा सीआइएले लादेनसँग भेटिएका फाइलहरु तिनीहरुको ‘कन्टेन्टको प्रकृति’का कारण जारी नगर्ने बताएको थियो ।
Facebook Comment