काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित, तीन जनाको मृत्यु
फाइल फाेटाे।
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार आज उपत्यकाका तीन जिल्लामा थप ३२६ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा २९३, भक्तपुरमा १३, ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३७ वर्षिया महिला, ९० वर्षिया महिला र ८३ वर्षिया महिला रहेका छन्।
उपत्यकामा आइतबार ३५४ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर ९७९ जनामा कोरोना संक्रमण देखिएका छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment