कोरोनाभाइरस घातक भएको पहिला नै थाहा हुँदा पनि लुकाएको ट्रम्पद्वार स्वीकार !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस अन्य फ्लुभन्दा घातक रहेका कुरा आफूलाई पहिला नै थाहा भएको स्वीकारेका छन्। अमेरिकी पत्रकारद्वारा लिखित एक पुस्तकमा ट्रम्पले कोरोना अमेरिकामा फैलिनभन्दा अगाडी नै खतरनाक रहेका भन्ने थाहा पाएको तर आफू खतरासँग खेल्न चाहेको स्वीकार गरेका छन्।
पत्रकार बब वुडवार्ड, जसले वाटरगेट घोटलाको नालीबेली बाहिर ल्याएका थिए, उनले आफ्नो पुस्तक लेख्न भन्दा अगाडी राष्ट्रपति ट्रम्पसँग डिसेम्बर देखि जुलाईसम्म १८ पटक अन्तरवार्ता लिएको बताएका छन्। ट्रम्पले अमेरिकामा कोरोनाबाट पहिलो मृत्यु हुनभन्दा अगाडी नै यो घातक छ भन्ने थाहा पाएको तर त्रासबाट जोगाउन उक्त कुरा बाहिर नल्याएको स्वीकार गरेको उनको पुस्तकमा उल्लेख छ।

तर ट्रम्पले बुधबार ट्वीट गर्दै उक्त पुस्तकलाई नक्कली र झुटो बताएका छन्। बब वुडवार्डको आगामी पुस्तक रेजका लागि अन्तरवार्तामा ट्रम्पले आफूले सार्वजनिक रुपमा बताएकोभन्दा यो रोगको गम्भिरताको बारेमा अधिक जानकार रहेको संकेत दिएका छन्।
बुधबार केही अमेरिकी सञ्चार माध्यमहरुले ट्रम्प र बबको अन्तरवार्ताको केही भाग सार्वजनिक गरेका छन्। तर लगत्तै ट्रम्पले ट्वीट गर्दै बब वुडवार्डको उक्त पुस्तक झुटो रहको बताएका छन्।
वुडवार्डको उक्त पुस्तक (रेज) १५ सेप्टेम्बरमा सार्वजनिक हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment