विश्वकै ठूलो भ्याक्सिन उत्पादक सिरम इन्स्टिच्युटको कोरोना भ्याक्सिन ट्रायल पनि रोकियो

डिसी नेपाल
२६ भदौ २०७७ ११:५१

नयाँ दिल्ली। भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इण्डियाले पनि कोरोना भ्याक्सिनको ट्रायल रोकेको छ । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले अर्को निर्देशन नदिँदासम्मका लागि अब भ्याक्सिनको ट्रायल बन्द रहनेछ । सिरम इन्स्टिच्युट उत्पादन परिमाणका हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो । सुरक्षा कारणले यो भ्याक्सिनको टयल रोकिएको हो । सिरमले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिनको ट्रायल गरिरहेको थियो ।

बेलायतमा ट्रायलमा सहभागी एक स्वयंसेवक अचानक बिरामी भएपछि अक्सफोर्डको भ्याक्सिनको बेलायत र अमेरिकामा टायल रोकिएको थियो । यसपछि सिरम इन्स्टिच्युटका सिइओ अदर पूनावालाले बेलायत र अमेरिकाको घटनाले भारतमा भ्याक्सिनको ट्रायलमा कुनै असर नपर्ने बताएका थिए । तर, ड्रग कन्ट्रोल जनरल अफ इण्डियाले सिरम इन्स्टिच्युटलाइ नोटिस जारी गर्दै अन्य देशमा चलिरहेको ट्रायलमा भएका घटनाबारे आफूलाई किन जानकारी नदिएको भनेर सोधेको थियो । यससँगै सिरमले ट्रायल रोक्ने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *