विश्वमा कोरोना : ९ लाख २२ हजारको मृत्यु, २ करोड ७ लाख निको भए

डिसी नेपाल
२८ भदौ २०७७ ७:५४

काठमाडौं। कोरोना भाइरसबाट विश्वभर २ करोड ८८ लाख ६५ हजार १ जना संक्रमित भएका छन्। ती मध्ये ९ लाख २२ हजार ८२९ जनाको मृत्यु भएको छ भने २ करोड ७ लाख २६ हजार १७५ उपचारपछि निको भएका छन्।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६६ लाख ६३ हजार ९३ जना संक्रमित भएका छन् भने १ लाख ९७ हजार ८३८ जनाको मृत्यु भएको छ। त्यहाँ ३९ लाख ३२ हजार ६०९ जना उपचारपछि निको भएका छन्।

यसैगरी भारतमा ४७ लाख ५१ हजार ७८८ जना संक्रमित भएका छन् भने ७८ हजार ६१४ जनाको मृत्यु भएको छ। त्यहाँ ३६ लाख ९९ हजार ३०६ जना उपचारपछि निको भएका छन्।

यसैगरी ब्राजीलमा ४२ लाख ९७ हजार ९४९ जना संक्रमित भएका छन्। ब्राजीलमा १ लाख ३० हजार ८७० जनाको मृत्यु भएको छ भने ३५ लाख ३० हजार ६५५ जना उपचारपछि निको भएका छन्।

यसैबीच फार्मा कम्पनी एस्ट्राजेनेकाले बेलायतको रेगुलेटर्सबाट अनुमति पाएपछि अक्सफोर्ड युनिभर्सिटीले फेरि कोरोना भ्याक्सिनको ट्रायल सुरु गरेको छ। केही दिन अगाडि एक जना भोलेन्टिएर बिमारी भएपछि ट्रायल रोकिएको थियो। कम्पनीका अनुसार बेलायतका स्वास्थ्य अधिकारीले ट्रायललाई सुरक्षित भनेका छन्।

मंगलबार बेलायतमा ट्रायल रोकिएपछि एस्ट्राजेनेकाले अमेरिका, भारतसहित विश्वभर तेस्रो चरणको ट्रायल रोक्का गरेको थियो। अघिल्लो महिना नै एस्ट्राजेनेकाले ३० हजार मानिसमाथि टेस्ट सुरु गरेको थियो।

त्यस बाहेक अक्सफोर्ड युनिभर्सिटीको यो भ्याक्सिनको ट्रायल बेलायत, ब्राजील, दक्षिण अफ्रिका र भारतमा भएको छ। भारतमा सीरम इन्स्टिच्युट अफ इण्डियाले यो ट्रायल गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *