कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु
सांकेतिक तस्वीर
लाहान। कोरोना सङ्क्रमणबाट सिरहामा सोमबार थप एक महिलाको मृत्यु भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।
उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रमुख यादवले बताए। योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment