मल नल्याउने दुई कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस

डिसी नेपाल
२९ भदौ २०७७ १७:२८

काठमाडौं। रासायनिक मल ल्याउने ठेक्का पाएर पनि समयमै मल नल्याउने दुई कम्पनीलाई कालो सूचीमा राख्नि सिफारिस गरिएको छ। सम्झौता बमोजिम मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री केन्द्र लिमिटेडले कालो सूचीमा राख्न सिफारिस गरेको हो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीसमेत रहेका शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो।

यसअघि भदौ २० मा यी दुई कम्पनीसँगको सम्झौतासमेत सरकारले रद्द गरिसकेको छ। दुबै कम्पनीको धरौटीसमेत जफत गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *