मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

डिसी नेपाल
२९ भदौ २०७७ १७:३६

काठमाडौं। आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीलाई उपचारका लागि सोमबार अपराह्न काठमाडौं ल्याइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई आइतबार पाँच बजेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जनाएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको उपचार भइरहेको क्यानले जनाएको छ।

क्यानका अनुसार भण्डारीलाई शुरुमा महेन्द्रनगरमै उपचार गरिएको थियो। तर, त्यहाँ सम्भव नभएपछि कैलालीको धनगढी लगिएको थियो। त्यहाँ पनि उपचारमा समस्या भएपछि कोहोलपुर मेडिकल कलेज बाँके लगिएको थियो।

सोमबार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। भण्डारीको खुट्टा, हातमा गम्भीर चोट लागेको क्यानले जनाएको छ। क्यानले चिकित्सकहरुको हवला दिँदै उनी खतरमुक्त रहेको जनाएको छ। क्यान अधयक्ष चतुरबहादुर चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै क्यानले उनको उपचारमा सहयोग र समन्वय गरिरहेको जनाएका छन्। उनले भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन्।

आइतबार झलारीमा उनलाई ट्रकले ठक्कर दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *