नेपालको आर्थिक वद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण

डिसी नेपाल
३० भदौ २०७७ १९:३४

काठमाडौं। एसियालीविकास बैंक (एडीबी) ले चालू आर्थिक वर्ष २०७७/०७८(सन् २०२१) मानेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण सार्वजनिक गरेको छ। कोभिड–१९ को महामारी र यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनलगायतका कारण अर्थतन्त्रमा गम्भिर प्रभाव परेको एडीबीले मंगलबार सार्वजनिक गरेको इकोनोमी आउटकुलमा उल्लेख गरेको छ।

बैंकले गत अप्रिलमा सन् २०२१ मा ६.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। त्यसपछि जुनमा संशोधन गर्दै वृद्धिदर ३.१ प्रतिशत रहने उल्लेख गरेको थियो।
बैंकले सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतहुने अनुमान गरेको छ।

एडीबीका अनुसार सन् २०२० मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक हुने र सन् २०२१ ७.१ प्रतिशत हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *