भारतको संसद बैठकमा मोदीको पार्टीका सांसदले नेपालीमा बोलेपछि…

डिसी नेपाल
३१ भदौ २०७७ ९:१९
1.6k
Shares

काठमाडौं। नेपालको संसद बैठकमा कैयौं मधेसी सांसदहरुले हिन्दी भाषामा बोल्ने गरेका छन् । सांसदहरुले शपथ पनि हिन्दी भाषामा लिने गरेका छन् । यस्तै अहिले भारतको लोकसभा बैठकमा पनि नेपाली मातृभाषा भएका भारतीय सांसदले नेपालीमा बोलेका छन् । भारतीय जनता पार्टीको सांसदको रुपमा दार्जिलिङबाट प्रतिनिधित्व गर्ने सांसद राजु बिष्टले लोकसभा बैठकमा नेपालीमा बोलेका हुन् ।

मंगलवारको लोकसभा बैठकमा विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न सरकार समक्ष माग राखेका छन्। तेन्जिङ नोर्गे पहिलो सगरमाथा आरोही हुन् । सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए । विष्टले असाधारण परिस्थितिहरूका बाबजुद तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु ‘आइकन’ बनेको भन्दै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्न आग्रह गरेका हुन्। पहिले हिन्दीमा ‘म पनि मेरो कुरा मेरो मातृभाषामा राख्छु’ भनेर बिष्टले नेपालीमा बोल्न सुरु गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *