कोरोना संक्रमित भइ उपचार गराइरहेका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

डिसी नेपाल
३१ भदौ २०७७ १०:२०

काठमाडौं। कोरोना संक्रमित भइ घरमै स्वास्थ्यलाभ गरिरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । उनलाई हिजो मंगलबार राती ८ बजे चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले डिसीनेपाललाई बताए ।

गएको भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेर उपचार गराइरहेका कोइरालालाई ज्वरो बढेपछि मंगलबार अस्पताल लगिएको हो । उनको ज्वरो १००.४ डिग्री पुगेको थियो । अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ । डा. शशांकको अवस्था स्थिर र सुधारोन्मूख रहेको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *