सप्तरीमा बलात्कारको मुद्धा मिलाउन खोज्ने तीन पञ्च पक्राउ

डिसी नेपाल
३१ भदौ २०७७ १२:४१

काठमाडौं। सप्तरीको एक गाउँमा पञ्च भेला भएर बलात्कृत १७ वर्षीया किशोरीलाई पैसा दिएर मिलाउन खोजेपछि आत्महत्यापछि प्रहरीले तीन जना पक्राउ गरी दुरूत्साहन मुद्दा अन्र्तगत अनुसन्धान शुरु गरेको छ।

डाकनेश्वरी नगरपालिका–७ का पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई मंगलबार पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रमुख एसपी राजेन्द्र धमलाले बताए।

उनका अनुसार १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने व्यक्तिलाई जोगाएर पैसा दिएर मिलाउन खोजेको आरोप पक्राउ परेकाहरुलाई लागेको छ। ‘बलात्कृत किशोरीलाई प्रहरीमा उजुरी दिन रोक लगाइएको रहेछ ५५ हजार दिने भनिएको रहेछ हामी अनुसन्धान गर्दैछौ’, एसपी धमलाले भने।

एसपी धमलाका अनुसार किशोरी घाँस काट्न खेतमा जाँदा सोमबार बिहान बलात्कृत भएकी थिइन्। बलात्कारमा संलग्न चारजना रहेको हाल फरार रहेकाले उनीहरुको पनि खोजी भइरहेको छ।

जर्वजस्ती करणी गरेको विषयमा गाउँलेहरुले मिलाउन खोज्दा किशोरीले आत्महत्या गरेको देखिन आएकाले जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान गरिहेको र दोषी उपर कारवाही हुने एसपी धमलाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *