ओली–प्रचण्डबीच भेटवार्ता : संवैधानिक आयोगमा नियुक्ती प्रक्रिया अगाडि बढाइने

डिसी नेपाल
३१ भदौ २०७७ १५:२८

काठमाडौं। प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा स्थायी कमिटीले बैठकले गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल भएको थियो।

‘स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनको चरणमा हामी छौं, त्यही विषयमा दुई अध्यक्षबीच छलफल भएको हो,’ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘कार्यदलले दिएको प्रतिवेदनलाई स्थायी कमिटीले अनुमोदन गरको थियो। स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा उहाँहरुबीच छलफल भएको हो।’

यसैबीच संवैधानिक आयोगको रिक्त पदमा नियक्तीलगायतका विषयमा बिहीबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छलफल गर्ने दुई नेताबीच सहमति भएको छ। लामो समयदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त हुन नसक्दा काम संवैधानिक आयोगको काम प्रभावित हुँदै आएको छ।

यही विषयमा बिहीबार प्रधामन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुने तय भएको हो।

बिहीबार विहान सवा ११ प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा संवैधानिक आयोगमा नियुक्तीका विषयमा छलफल हुने बताइएको छ। शीर्ष नेतासँग नेकपाकोतर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ र कांग्रेसकोतर्फबाट रमेश लेखकलाई बैठकमा बोलाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *