संवैधानिक आयोगमा पदाधिकारी नियुक्ती गर्ने विषयमा सत्ता र प्रतिपक्षबीच छलफल हुँदै
काठमाडौं। संवैधानिक आयोगमा पदाधिकारी नियुक्ती गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन्।
बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुटारमा हुने छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेसकातर्फबाट सभापति देउवा र नेता रमेश लेखक सहभागी हुने बालुवाटार निकट स्रोत जनाकारी दिएको छ।
बिहीबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएको छलफलमा आज प्रमुख प्रतिपक्ष दलका नेतासँग संवैधानिक आयोगमा नियुक्तीका विषयमा छलफल गर्ने सहमति भएको थियो।
लामो समयदेखि संवैधानिक आयोग पदाधिकारी विहीन हुँदा काम प्रभावित भएको भन्दै सरकारले रिक्त पदमा नियुक्तीको तयारी गरेको हो। त्यसका लागि प्रमुख प्रतिपक्ष दलसँग प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन्। हाल १३ संवैधानिक आयोगमा ३९ पद रिक्त छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment