बामदेव गौतम राष्ट्रियसभमा मनोनित, आज चार बजे शपथ

डिसी नेपाल
१ असोज २०७७ १५:०२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।  गत फागुनमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको एक सिट रिक्त थियो।

सत्तारुढ दल नेकपाले रिक्त सिटमा उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नेकपाको निर्णय अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस गरिएको जानकारी दिए। त्यसको जानकारी संघीय संसद सचिवालयलाई दिइसकिएको उनको भनाइ थियो। संघीय संसद सचिवालयले आजै चार बजे गौतमलाई चार बजे शपथ गराउने तयारी गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *