अलकत्रा, बालुवा र गिटीले टालटुले काम, १५ दिनमै उस्तै

डिसी नेपाल
२ असोज २०७७ १०:१६
4
Shares

सर्लाही । जिल्लामा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन। स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन् तर सडक डिभिजन कार्यालय निर्माणको चरणमा रहेको भन्दै डिभिजन कार्यालय पन्छिने गरेको छ।

पानी परेपछि हिँड्नै नहुने गरी आहाल हुने गरेको छ भने सडकमै ठूलाठूला खाल्डा भएकाले पैदलयात्रीहरुलाई हिँडडुल गर्न समस्या हुन थालेको छ । सो विषयमा सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहलाई पटकपटक गुनासो गर्दासमेत ध्यान नदिएको लालबन्दीका स्थानीय युवा रमेश अधिकारीले बताए।

केही महिनापहिला सो सडकखण्डमा परेका खाल्डा अलकत्रामा गिटी र बालुवा मिसाएर टाल्ने काम भएको थियो तर पछिल्लो समय आएर सडकको आवस्था जस्ताको तस्तै भएपछि स्थानीयवासीले सरकारी कामप्रतिको चरम लापारवाहीको चर्को विरोध गरेका छन्।

सो सडकखण्डका विभिन्न स्थानका खाल्डा ज्यानमारा धरापका रूपमा परिणत हुँदै आएका बेला सडक डिभिजन कार्यालयले खाल्डा पुर्न गुणस्तरहीन सामग्री प्रयोग गरेको लालबन्दीका एक स्थानीय युवा लक्ष्मण खड्काले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *