डिउटीका प्रहरी सुतेपछि हिरासतबाट अभियुक्त फरार

डिसी नेपाल
२ असोज २०७७ १७:०९

काठमाडौं। चोरी अभियोगमा अनुसन्धानका लागि ल्याइएका चार जना थुनुवा कालिमाटी वृत्तको हिरासतबाट फरार भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिमाटी वृत्तले अनिल जैसवाल, सुजित गुप्ता, अंशु जैसवाल र रविन्द्र अग्रवाललाई चोरी गरेको अभियोगमा पक्राउ गरेर अनुसन्धान थालेको थियो। अनुसन्धान नसकिँदै उनीहरु हिरासतबाट फरार भएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञावालीका अनुसार डिउटीमा रहेका प्रहरी निदाएको बेला उनीहरु भागेका हुन्। उनका अनुसार कालिमाटी वृत्तमा रहेका डिउटी अफिसर र डिउटीमा खटिएका प्रहरीलाई पनि परिसरमा तानेर कारवाही अघि बढाइएको छ। कालीमाटी क्षेत्रमा चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर ल्याइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *