चिनियाँ ऋणमा डुब्यो माल्दिभ्स

डिसी नेपाल
३ असोज २०७७ २३:१२
16
Shares

काठमाडौं । हिन्द महासागरमा रहेको टापु देश माल्दिभ्स चीनको ऋणमा नराम्ररी डुबेको छ। माल्दिभ्सको अर्थव्यवस्थामा उक्त ऋणको भारले गर्दा ठूलो असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

माल्दिभ्समा यो भन्दा अगाडीको सरकारले चीनसँग लिएको ऋणको असर अहिले देखा पर्न थालेको बताइएको छ। माल्दिभ्सका चीन समर्थक राष्ट्रपति अब्दुल्ला यामिनको कार्यकालमा चीनले बीआरआई प्रोजेक्ट अन्तर्गत लाखौं डलरको लगानी गरेको थियो।

चीनले माल्दिभ्सका दुई टापुबीच २ सय मिलियन अमेरिकी डलर खर्च गरेर २.१ किमी लामो पुल बनाएको थियो। उक्त परियोजना सन् २०१३ मा राष्ट्रपति बनेका यामिनको कार्यकालमा शुरु भएको थियो। तर सन् २०१८ को चुनावमा यामिनले हार व्यहोरेपछि इब्राहिम मोहम्मद सोलीह माल्दिभ्सका राष्ट्रपति बने।

हाल मालिदभ्समा ३.१ अर्ब अमेरिकी डलर चिनियाँ ऋण भएको बताइएको छ। आम्दानीमा पर्यटनमाथी आश्रीत रहेको माल्दिभ्समा कोरोनाले प्रभावित बनाएको छ। रिपोर्टका अनुसार जुनको अन्तिमसम्म माल्दिभ्समा पर्यटकको संख्यामा ५५% गिरावट आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *