सगुनको प्रयोगकर्ता संख्या निरन्तर बढिरहेको कम्पनीको भनाइ

डिसी नेपाल
३ असोज २०७७ २३:३८

वाशिङट्न। संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भैरहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ।

सन् २०१७ मा सगुन एपका प्रयोगकर्ता संख्या ६ लाख मात्र रहेकोमा झन्डै १,००० प्रतिशतले वृद्धि भै अहिले ८१ लाख पुगेको सो कम्पनीले जनाएको छ।

‘गत बिहीबार खोज पत्रकारिता केन्द्रले तयार पारेको तथा काठमाडौँबाट प्रकाशित हुने एक पक्रिकामा यस कम्पनीका बारेमा प्रकाशित समाचार सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। स्टार्टअप कम्पनीको अवधारणा राम्रोसंग नबुझेर प्रकाशित सामग्रीले हाम्रा लगानीकर्ताहरु तथा शुभचिन्तकहरुमा भ्रम सिर्जना गर्न सक्ने भएकाले हामीले ती दुवै समाचार संस्थालाइ आफ्नो प्रतिक्रिया पठाएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाद्वारा शनिवार जारी विज्ञप्तीमा सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्ने बारेमा आइआइटी दिल्लीका प्राध्यापकहरुसंग मिलेर सगुनले गरेको अनुसन्धान परियोजना स्थगित गरिएको जनाइएको छ । ‘कुनै भेन्चर क्यापिटलिस्टले आफ्नै जोखिममा सो परियोजनामा लगानी गर्न खोजे उक्त परियोजनालाई अगाडि बढाउन सकिने तर सगुनका आम लगानीकर्ताहरुको रकम उक्त परियोजनामा लगानी नगरिने पुनः स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ। सगुनका लगानीकर्ताहरुबाट संकलित रकम मूलतः सगुन एपमा नयाँ फिचरहरु विकास गर्ने काममा खर्च गरिने पनि सो कम्पनीले जनाएको छ।

‘एउटा स्टार्ट अप कम्पनीमा लगानी गर्नु भनेको उच्च जोखिमयुक्त निर्णय हो भनेर हामीले कहिल्यै लुकाएका छैनौं। त्यसैले केहि थोरै धनाढ्य लगानीकर्ताहरुमा भर पर्नु भन्दाCrowd Funding मोडेल अपनाएर सैयौं लगानीकर्ताहरुबाट सानो, सानो रकम जुटाउने शैली हामीले अपनाएका छौं। त्यसबाट लगानीकर्ताको जोखिम निकै कम हुन्छ भने कम्पनी सफल भए पछि पाउने आर्थिक लाभ भने सोचे भन्दा निकै बढी हुन्छ र सर्वसाधारण परिवारलाई त्यसले सुनिस्चित भविष्यको जग बसालि दिन सक्छ,’ विज्ञप्तिमा भनिएको छ।
३० सेप्टेम्बर २०२० भित्रै सगुनले जारी गरेको मिनी आइपीओमा लगानी गर्न पनि कम्पनीले आग्रह गरेको छ।

नेपाल, इरान र उत्तर कोरियाका नागरिकहरुले यो अफरमा लगानी गर्न पाउँदैनन्। तर गैर आवासीय नेपाली लगायत संसारभरिका लगानीकर्ताहरुले यो लिंकमा गएर उक्त मिनी आइपीओमा लगानी गर्न सक्दछन् ।  www.sagoon.com/invest


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *