शुक्रबार नेपाल आइपुगेकाे आधुनिक रेल कहिलेदेखि चल्छ?

तर्कबहादुर थापा
४ असोज २०७७ ७:०३

काठमाडौं। शुक्रबार मात्र नेपालको राष्ट्रिय झण्डामा भएको रंगले पोतिएको आधुनिक रेल जनकपुरधाममा पुगेको छ। भारतमा बनेको रेल भारतीय कम्पनीले नेपाल रेलवेलाई हस्तान्तरण गरेको छ। नेपाल रेलवेका महानिर्देशक गुरुप्रसाद भट्टराईले अहिले नेपालले ल्याएको रेल आधुनिक भएको बताएका छन्।

भट्टराईले डिजेल र पेट्रोलबाट नै चल्ने र सबैकुरा कम्प्युटर अपरेट गर्न मिल्ले आधुनिक रेल नेपालले ल्याएको बताए। ‘यो रेल आधुनिक छ। जसरी हवाइजहाजमा सबै कुरा कम्प्युटर प्रविधिबाट स्क्रिनमा हेर्न सकिन्छ,’ उनले भने, ‘त्यसैगरी अहिले नेपालले खरिद गरेर ल्याएको रेलमा पनि सबै कुरा कम्यूटर प्रविधिबाट नै निर्देशित हुने हुन्छ।’

उनले नेपाल रेलवेले आधुनिक रेलका लागि आधुनिक लिग बनाएको बताए। ‘नयाँ बनाएको रेलको लिग पनि आधुनिक छ,’ उनले भने, ‘पहिले जस्तो लिगमै गएर एक जना मान्छेले हातले कुनै एक प्रविधिले रेलको लिगलाई जोडने काम गरिथ्यो। अहिले नेपालले बनाएको लिगमा कन्ट्रोल रुमबाट दबाइएको एक स्वीचले रेलको लिगलाई कता जोड्ने भन्ने तय गर्छ।’

नेपालले आधुनिक रेलको लिगमा चलाउने आधुनिक रेल भने कहिले चल्ने भन्नेमा अन्योल रहेको छ। शुक्रबार जनकपुर आएपछि दशैंसम्मा रेल सञ्चालनमा आउने समाचारहरु बाहिरिएको थियो। आउँदो दशैमा नै सबैले रेल चड्न पाउँछन् त? हामीले महानिर्देशक भट्टराईलाई प्रश्न गरेका थियौं।

हाम्रो देशको मात्र कोरोना महामारी नियन्त्रण भएर मात्र हुँदैन। भारतको पनि महामारी नियन्त्रण हुन जरुरी छ। हाम्रो रेलमा यात्रा गर्ने प्राय नेपाल र भारतका सीमानाका नागरिक नै हुन। हाम्रो देशमा कोरोना महामारी नियन्त्रण होला। भारतमा त्यो भएन भने सञ्चालन गर्न गाह्रो छ। अर्को कुरा हामीले केही व्यवस्थापकीय पक्ष पनि अझै मिलाउँन बाँकी छ।

उनले भने, ‘हाम्रो सोच दशैं वा तिहारमा रेल सञ्चलन गर्ने भन्ने नै हो। तर, केही व्यवस्थापनको पक्ष बाँकी छ। अर्को यसको सञ्चालनको मोडालिटि के हुने, रेल सञ्चालनका लागि कोर टिम कसरी व्यवस्थापन गर्ने, भारतले ट्रयाक हस्तान्तरण गर्न बाँकी छ। त्यो हस्तान्तरण कहिले हुने आदि कुराले पनि यसलाई अहिले मिति भनिहाल्ने अवस्था छैन। हामीले सबै गर्न सकेपनि कोरोनाको अवस्था के हुन्छ भन्ने कुरा पनि महत्वपूण हुन्छ।’

उनले धेरै कुरा भारतको भर पर्नु पर्ने अवस्था आएका कारण र कोरोनाले गर्दा रेल सञ्चालनको मितिबारे अन्योल भएको बताए। ‘यस्तो कोरोना महामारी छ,’ महानिर्देशक भट्टराईले भने, ‘हाम्रो देशको मात्र कोरोना महामारी नियन्त्रण भएर मात्र हुँदैन। भारतको पनि महामारी नियन्त्रण हुन जरुरी छ। हाम्रो रेलमा यात्रा गर्ने प्राय नेपाल र भारतका सीमानाका नागरिक नै हुन। हाम्रो देशमा कोरोना महामारी नियन्त्रण होला। भारतमा त्यो भएन भने सञ्चालन गर्न गाह्रो छ। अर्को कुरा हामीले केही व्यवस्थापकीय पक्ष पनि अझै मिलाउँन बाँकी छ।’

अहिले रेलको मर्मत संभारदेखि चालकसम्म भारतकै भर पर्नु पर्ने भएकाले पनि केही कुरामा अन्योल भएको उनले सुनाए। उनले आउने हप्ता नेपाल रेलवेले सम्बन्धीत सबैसँग छलफल गर्ने र भारतसँग पनि यस विषयमा सम्झौता गरेपछिमात्र रेल सञ्चालनका बारेमा भन्न सकिने बताए।

आउने २ वर्षमा नेपाली जनशक्ति उत्पादन हुन्छ

महानिर्देशक भट्टराईले आउँदो २ वर्षभित्र नेपाल रेलवेको लागि आवश्यक पर्ने जनशक्ति तयार हुने बताए। उनले अहिले नेपाल रेलवेसँग पुराना ड्राइभर भए पनि रेल आधुनिक भएको र लिग पनि आधुनिक भएका कारण सिधै पुरानालाई रेल दिन नसकिने बताए।

‘हामीसँग पुराना रेल चलाउनु भएका व्यक्तिहरु हुनुहुन्छ। तर, पहिलाको र अहिलेको धेरैकुरा मिल्दैन। त्यसैले सिधै उहाँहरुको हातमा रेल दिन सकिँदैन। हाललाई भारतबाट नै जनशक्ति ल्याएर रेल सञ्चालन हुन्छ होला। उहाँहरु (भारतबाट ल्याएको जनशक्ति) सँगै बसेर हाम्रा केही पुराना र नयाँहरुले काम सिक्छन् र पछि उहाँहरुको ठाउँमा आफ्नै देशका कर्मचारीलाई स्थापित गर्न सकिन्छ।’

नेपाल रेलवेले रेलको सञ्जाल देशै भरी फैलाउने काम पनि चाँडै थाल्ने बताउँदै महानिर्देशक भट्टराईले भने, ‘हामीले रेलका लागि आवश्यक पर्ने नेपालकै कोर टिमको निमार्णका लागि अधिकतम २ वर्षको समय राखेका छौं,’ उनले भने, ‘ढुक्क हुनुहोस् अबको २ वर्ष भित्र नेपाल रेलवेको लागि आवश्यक जशक्ति तयार हुन्छ। त्यसपछि थपिँदै गएको रेल र लिग स्टेसन आदिका लागि आवश्यक जनशक्ति बढ्दै जान्छ।’

किनेको रेल दिएको भन्नु भारतको हेपाहा प्रवृत्ति महानिर्देशक भट्टराईले भारतका रेलवेमन्त्रीको ट्वीटर अभिव्यक्ति प्रति भारतको हेपाहा प्रवृत्ति भनेको छन्। ‘नेपालले रेल किनेको सबैलाई थाहा छदैँछ। हिजो कम्पनीले पनि रेल खरिदका लागि यस्तो प्रक्रिया, यति मूल्य सबै मिडियाका अगाडि बताएको थियो। तर, भारतको रेलवे मन्त्रीको अभिव्यक्तिले नेपाललाई रेल उपहार दिएको बुझाउँछ। यो उनीहरुको हेपाहा प्रवृति हो,’ उनल भने। सामाजिक सञ्जाल ट्वीटरमा भारत रेलवेमन्त्री पियुष गोयलले २ वटा डेमु ट्रेनसेट उपलब्ध गराएको भनी लेखेका थिए।

भारतका रेलवेमन्त्री गोयलको यही ट्वीटलाई लिएर महानिर्देशक भट्टराईले हेपाहा प्रवृतिका कारण यस्ता अभिव्यक्ति आउने गरेको बताएका छन्। उनले भारतमा अझै पनि हामीले गर्दा भएको भन्ने भ्रम रहेको बताए। ‘हामीले गरीदिएका हौं भन्ने अझै भ्रम छ,’ उनले भने, ‘हामीले सरकार टु सरकार (जीटूजी) मार्फत सम्झौता गरेको घाम जस्तै छ। तर पनि यस्ता अभिव्यक्ति आउनु भनेको उनीहरुको हेपाहा प्रवृति हो।’

महानिर्देशक भट्टराईका अनुसार २ वटा रेलको मूल्य १ अर्ब ३ करोड पुग्न आउँछ। अहिले भन्सार र केही प्रक्रिया बाँकी नै रहेका बेला करिव ८५ करोड मूल्य परेको उनले जानकारी दिए। उनलेभ भने, ‘२ वटा रेलको मिलाएर जम्मा १ अर्ब ३ करोड मूल्य पर्न आउँछ। अहिले भन्सार लगायतका केही प्रक्रिया बाँकी रहेकाबेला पनि करिव ८५ करोड मूल्य २ वटा रेलको पर्न आएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *