हत्या आरोपितद्वारा आत्मसमर्पण

डिसी नेपाल
७ असोज २०७७ १८:२६

सप्तरी । ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताए । हत्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय आएका आरोपितलाई इन्सेक प्रतिनिधि पोखरेलले प्रहरी कार्यालयमा उपस्थित भएर मुद्दा लड्न दिएको सल्लाहबमोजिम हाजिर भएको रविका छोरा सरोजकुमारले बताए ।

बल्थीका ८० वर्षीय सुविलाल यादवको हत्या आरोपमा रविविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत जेठ ११ गते उजूरी दर्ता भएको थियो ।घरपरिवारका सदस्यबीच वैशाख २३ गते भइरहेको सामान्य विवादमा गाईवस्तु चराइरहेका आरोपितले आएर कुटपिट गर्दा सुविलाल घाइते भएको र सोही चोटका कारण मृत्यु भएको जनाउँदै मृतकका छोरा जागेश्वरले प्रहरीमा उजूरी दर्ता गराएका थिए । अभियुक्त रविलाई प्रहरीले बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *