पृथ्वी राजमार्गको कुरीनटारमा पहिरो

डिसी नेपाल
७ असोज २०७७ २३:३१

चितवन। पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारमा पहिरो खसेको छ । बुधबार साँझ ६ बजेपछि पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो रातिनै पन्छाउने प्रयास गरिनेछ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याईएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । साँझ सातबजे बाट दुबै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिए।

दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *