इटालीमा एकतिहाई सांसदको संख्या घटाइने
रोम (रोयटर्स)। इटालीमा सांसदको संख्या एक तिहाई घटाइने भएको छ। त्यहाँको संसदमा बुधबार एक तिहाई सांसद घटाउने विषयमा मतदान भएको छ। सबै मुख्य पार्टीहरुले सो प्रस्तावमा समर्थन जनाएका छन्।
अस्थिरताविरुद्ध फाइभ स्टार आन्दनोलनले देशमा ससांसदको संख्या घटाउनुपर्ने भनेको थियो। सो आन्दोलनका कारण इटालीको संसदको ६३० सदस्यीय तल्लो सदनमा अब ४ सय सांसद हुनेछन्। यस्तै १५ सदस्यीय माथिल्लो सदनमा २ सय सदस्य रहने छन्।
फाइभ स्टार आन्दोलनका नेताले यो सुधारले मिलियन यूरो बचाउने बताएका छन्। र आफ्नो आन्दोलनले सफलता पाएको बताएका छन्। आगामी २०२३ मा हुने आम निर्वाचनमा सांसदको संख्या घटाएर निर्वाचन हुने जनाइएको छ।
प्रतिक्रिया
Facebook Comment