पाल्पामा पहिरोले घर पुर्दा, गर्भवती महिलासहित ६ जना बेपत्ता
फाइल फाेटाे
काठमाडौं। पाल्पाको रम्भा गाउँपालिकामा गएराति पहिरो जाँदा एकै परिवारका पाँच जना वेपत्ता भएका छन्।
गतराति देखि परेका वर्षापछि आएको पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका–२ का हुमबहादुर गाहाको घर पुरिँदा परिवारका पाँच जना बेपत्ता भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए।
सँगै रहेको मनबहादुरको घर पनि पहिरोले पुरेको तर उनीहरु घरबाट बाहिर निस्किन सफल भएको अध्यक्ष भण्डारीले जानकारी दिए। अहिले घटनास्थलतर्फ सुरक्षाकर्मीसहितको टोली गइरहेको छ। स्थानीयले उद्दारको काम गरिरहेको बताइएको छ।
यसैगरी रम्भा गाउँपालिका–२ कै सुरुम डाँडामा पहिरोले घर पुर्दा गर्भवती महिला बेपत्ता भएको जानकारी आएको अध्यक्ष भण्डारीले जानकारी दिए
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment