आज पृथ्वीको धेरै नजिक आउँदै छुद्रग्रह, अस्ट्रेलिया–न्यूजिल्याण्डको आकाशमाथि आउने

डिसी नेपाल
८ असोज २०७७ १२:२६

काठमाडौं। आज विगत कैयौं वर्षपछि एउटा खगोलीय घटना दोहोरिँदैछ । आज एउटा छुद्रग्रह पृथ्वीको धेरै नजिक आउँदैछ । स्कुल बसको आकारको भनिएको यो छुद्रग्रह आज अर्थात २४ सेप्टेम्बरमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । नासाका अनुसार यो छुद्रग्रहको नाम २०२० एसडब्लु हो । यो पृथ्वीको यति नजिक आउँदैछ कि त्यति नजिक पथ्वीबाटै पठाइएका भू–उपग्रह पनि छैनन् ।

पृथ्वीबाट अन्तरिक्षमा पठाइएका भू–उपग्रह पृथ्वीभन्दा २२ हजार माइल अर्थात ३६ हजार किलोमिटर टाढा रहेर पृथ्वीको परिक्रमा गर्छन् । यो छुद्रग्रह भने पृथ्वीभन्दा १३ हजार माइल अर्थात २२ हजार किलोमिटरको दूरीबाट जाँदैछ । वैज्ञानिकका अनुसार यो छुद्रग्रह १५ देखि ३० फिटसम्मको छ । नासा अन्तर्गतको सेन्टर फर नियर अर्थ अब्जेक्ट्सका अनुसार यो छुद्रग्रहको खोजी गत हप्ता मात्र गरिएको हो ।

यो छुद्रग्रह पृथ्वीको नजिकैबाट जाँदा यसको गति २७ हजार ९ सय किलोमिटर प्रतिघण्टा हुनेछ । यो छुद्रग्रह आज बेलुकी करिब ५ बजेतिर पृथ्वीको सबैभन्दा नजिक हुने अनुमान गरिएको छ । त्यो समयमा यो अस्ट्रेलिया र न्यूजिल्याण्डको आमाशमाथि हुनेछ । यो छुद्रग्रहले पनि पृथ्वीले जस्तै सूर्यको परिक्रमा गर्छ । आज पृथ्वीको नजिक आएर गएपछि यो २०४१ सम्म फेरि पृथ्वीको नजिक आउने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *