चुनाव हारिहालें भने पनि सजिलै कुर्सी छोड्दिन – डोनाल्ड ट्रम्प

डिसी नेपाल
८ असोज २०७७ १५:३४

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफू पराजित भएको खण्डमा पनि शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेका छन् । ह्वाइट हाउसमा बुधबार आयोजित एक प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपतिले निर्वाचन परिणामबारे भने ‘हामीले प्रतिक्षा गर्नुपर्छ कि अगाडि के हुन्छ ।’ अमेरिकी राष्ट्रपतिले आफूलाई पोस्ट भोटिङमाथि सन्देह भएको र यस पटक अमेरिकी चुनावको नतिजा सर्वोच्च अदालतसम्म पुग्छ भन्ने आफूलाई लागेको बताए ।

अमेरिकाका अधिकांश राज्य कोरोनाभाइरसबाट नागरिकको सुरक्षाको लागि मेलबाट भोटिङ गराउने पक्षमा छन् । बीबीसीका अनुसार बुधबार ट्रम्पसँग उनी प्रतिद्वन्द्वी जो बिडेनसँग पराजित भएको अथवा चुनाव ड्र भएको अवस्थामा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार छन् कि छैनन् भनेर सोधिएको थियो । जवाफमा ट्रम्पे भने ‘म ब्यालेट (मतपत्र)का विषयमा असन्तुष्टि जनाउँदै आएको छु । र ती ब्यालोटहरु विपत्ति हुन् ।’

चुनावमा अब केवल ४१ दिन बाँकी छन् र अहिलेसम्म भएका राष्ट्रिय सर्वेक्षणमा ट्रम्प डेमोक्रेटिक पार्टीका जो बिडेनभन्दा पछाडि छन् । कोरोनाभाइरस र बेरोजगारीले ट्रम्पको जीतको सम्भावनामा नकारात्मक प्रभाव पारेको छ । एक पत्रकारले ट्रम्पसँग जनता अशान्त छन् भनेर सोध्दा ट्रम्पले भने ‘पहिले यी मतपत्रबाट छुटकारा पाउनुस् अनि तपाइँले निकै शान्तिपूर्ण अवस्था पाउनुहुनेछ । नभए कुनै हस्तान्तरण हुने छैन यही सरकारले निरन्तरता पाउनेछ ।’

२०१६ मा पनि ट्रम्पले आफ्नी प्रतिस्पर्धी हिलारी क्लिन्टनसँग चुनावी मैदानमा जाँदा आउने परिणाम स्वीकार गर्ने बाचा गर्न मानेका थिएनन् । क्लिन्टनले यसलाई लोकतन्त्रमाथि आक्रमण भनेकी थिइन् । पछि ट्रम्प विजयी त भए तर पपुलर भोटिङमा उनी ३० लाख भोटले हारेका थिए । जुन परिणामका विषयमा ट्रम्पमाथि आजसम्म पनि प्रश्न उठ्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *