एकै दिन १४ फरार अभियुक्त पक्राउ

डिसी नेपाल
८ असोज २०७७ १९:५०

सप्तरी ।सप्तरीमा प्रहरीले विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई आज पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायब उपरिक्षक भारतीले बताए ।

पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उहाँकी श्रीमती लिलावती साह छन् ।

कुटपिट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उहाँका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउपर्नेमा कुटपिट मुद्धामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव समेत छन् । ज्यान मार्ने उद्योग र कुटपिट मुद्धामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया पक्राउ परेका छन् ।

यसैगरी कुटपिट मुद्धामा राजविराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको प्रहरीले जनाएको छ ।

लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *