ठगी मुद्धाका अभियुक्त पक्राउ

डिसी नेपाल
८ असोज २०७७ २०:०३

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज ठगी मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले विसं २०७१ असार ५ गते फैसला भई कार्यान्वयन हुन बाँकी ठगी मुद्धाका गलकोट नगरपालिका–३ हटियाका ओमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

खड्काबाट ठगी मुद्धामा दुई वर्ष तीन महिना १९ दिन कैद र रु ५५ लाख ५२ हजार १२ रकम असुली गर्न बाँकी रहेको थियो । सूचना अधिकारी रेग्मीका अनुसार जिल्ला अदालतमा आज पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार पठाइ सकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *