पहिरोले वडा कार्यालय पुरियो

रासस
८ असोज २०७७ २१:४७

टिस्टुङ । निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए।

निरन्तर झरी परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन नसकिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *