विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

रासस
८ असोज २०७७ २३:३७

तह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए ।

घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *