पहिरामा पुरिएका तीन जनाको शव फेला

डिसी नेपाल
९ असोज २०७७ १५:१९

पाल्पा । रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए।

पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन् ।

पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *