कोरोना संक्रमणबाट सैनिक जवानको छाउनी अस्पतालमा निधन
सांकेतिक तस्वीर
काठमाडौं। कोरोना संक्रमणबाट सैनिक जवानको छाउनी अस्पतातलमा मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत् २० वर्षीय सैनिक जवानको शुक्रबार राति वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। उनलाई असोज ६ गते छारे रोगको लक्षण देखिएर बेहोस् भएको अवस्थामा सैनिक अस्पताल भर्ना गरिएको थियो।
उनलाईअस्पतालको सघन उपचार कक्षमा राखिएको अवस्थामै निधन भएको सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ। याेसँगै नेपाली सेनामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ।
नेपाली सेनामा कुल संक्रमितकाे संख्या २ हजाुर १ सय ९७ पुगेकाे छ। तीमध्ये ५ सय ३९ जना निकाे भएका छन् १ हजार ६ सय ५६ सक्रिय संक्रिमत रहेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment