भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

डिसी नेपाल
११ असोज २०७७ ११:४३

काठमाडौं। भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । आइतबार बिहान उनको ८२ वर्षको उमेरमा निधन भएको हो । २५ जूनमा मल्टिअर्गन डिस्फंक्सन र सेप्सिसको समस्याका कारण आर्मी अस्पताल भर्ना भएका सिंहको कार्डिएक एरेस्टका कारण निधन भएको हो । उनी अटल विहारी बाजपेयी नेतृत्वको सरकारमा अर्थमन्त्री, रक्षामन्त्री तथा विदेश मन्त्री भएका थिए । सिंहको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहले ट्वीट गरेर दुःख जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *