संसद बैठक चलिरहेका बेला सांसदले प्रेमिकाको गोप्य अंगमा चुम्बन गरेपछि…

डिसी नेपाल
११ असोज २०७७ १२:४३

काठमाडौं। अर्जेन्टिनामा संसद बैठक चलिरहेका बेला आफ्नी प्रेमिकाको गोप्य अंग चुम्बन गरेको अभियोगमा एक जना सांसद निलम्बनमा परेका छन् । कोरोना महामारीका कारण यहाँको संसद बैठक भर्चुअल रुपमा चलिरहेको थियो । बैठककै क्रममा सांसद जुआन एमिलियोलाई अनलाईन संसदीय बहसको क्रममा आफ्नी प्रेमिकाको गोप्य अंगमा चुम्बन गरिरहेको देखिएको थियो ।

ब्युनस आयर्स टाइम्सका अनुसार यो बैटक युट्युबमा लाइभ दियो र आम नाताले लाइभमा यो घटना देखे । यसबाहेक यो बैटकलाई संसदको स्क्रिनमा पनि लाइभ टेलिकास्ट गरिएको थियो । रिपोर्टअनुसार यो घटनापछि सांसद जआनले सफाइ दिएका थिए तर यो घटनाले ठूलो विवादको रुप लिएपछि सांसद जुआनसँग राजीनामा मागिएको छ । अर्जेन्टिनाको संसदको तल्लो सदनले एक वक्तव्य जारी गर्दै यो घटनाको लागि सम्बन्धित सांसदसँग राजीनामा लिइएको बताएको छ ।

संसदको वक्तव्यमा अगाडि भनिएको छ ‘हामी यस्तो गैरजिम्मेवारीपूर्ण क्रियाकलापलाई स्वीकृति दिन सक्दैनौं । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा संसद बैठक चलिरहेका बेला सांसद एमिलियोको काखमा उनकी प्रेमिका बसिरहेकी देखिएकी छिन् । यही क्रममा सांसद एमिलियोले प्रेमिकाको गोप्य अंगमा चुम्बन गर्छन् । यद्यपि सांसद एमिलियोले यो सबै खराब इन्टरनेट कनेक्सनका कारण भएको सफाइ दिएका छन् ।

सांसदले दिएको सफाइअनुसार उनकी प्रेमिकाको हालै स्तनको शल्यक्रिया भएको हो । उनी कोठामा प्रवेश गर्दा आफूलाई बैठक सकिइसकेको र क्यामेरा बन्द भएको जस्तो लागेकोले आफूले उनको शल्यक्रिया गरेको ठाउँको निरीक्षण गरेको उनले बताएका छन् । यद्यपि तलो सदनका अध्यक्ष सर्जियो मस्साले आदेश दिएपछि उनले पदबाट राजीनामा दिनु परेको छ । अध्यक्षले संसद सत्रको क्रममा यस किसिमका व्यवहारको अपेक्षा नगरिने र यो घटनाले सदन लज्जित भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *