बसले ठक्कर दिँदा तीनजनाको मृत्यु, रित्तियो स्याङत्यानको घर

डिसी नेपाल
११ असोज २०७७ १९:३४

बारा। बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २५ वर्षीका तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोरा (नाम नखुलेको)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना। ४ ख। ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ आउँदैदै गरेको प्रदेश न। २—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार अन्दाजी पौने पाँचमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए ।

तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *