हत्या गरेर ३४ वर्षसम्म लुकेर बस्दा…

डिसी नेपाल
११ असोज २०७७ २३:३८

सिन्धुपाल्चोक। आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् । फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए ।

फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठकर गरी सजाय तोकेको थियो । सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आज पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *