नगरकोटमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु

डिसी नेपाल
११ असोज २०७७ २३:५२

काठमाडौं। नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम आजदेखि शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले भर्चुअल माध्यमबाट तालीम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी हुने विश्वास व्यक्त गरे।

तालीममा ३० महासेनानीको सहभागिता छ । उच्च तहमा जाने अधिकृतको वृत्ति विकासका लागि आवश्यक मानिने सो तालीम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा माथिल्लो पनि हो । कोभिड –१९ को परिस्थितिलाई ध्यानमा राखी पूर्णरुपमा स्वास्थ्यसम्बन्धी सबै सुरक्षात्मक उपाय अपनाउँंदै सामाजिक दूरी कायम गरी तालीम सञ्चालन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *