निर्वाचनको मुखमा ट्रम्पलाई आपत, १० वर्षसम्म आयकर नतिरेको रिपोर्ट सार्वजनिक

डिसी नेपाल
१२ असोज २०७७ १०:४३

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००० देखि १५ वर्षमध्ये १० वर्षमा कुनै पनि आयकर नतिरेको रिपोर्ट सार्पजनिक भएको छ । ट्रम्पले आफूले कमाएको भन्दा धेरै नोक्सानी भएको रिपोर्ट देखाएर आयकर छलेको रिपोर्टमा दावी गरिएको छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन ५ हप्ता मात्र बाँकी रहँदा निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवार समेत रहेका ट्रम्पको यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टअनुसार ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएको वर्ष र अफ्नो ह्वाइट हाउसमा पहिलो वर्ष केवल ७५० डलर मात्र आयकर तिरेका छन् । टाइम्सले २ दशकको पूरै करको विवरण प्रकाशित गरेको छ र उनले कसरी नक्कली रिपोर्ट बनाएर कर छली गरे र आफ्नो राजनैतिक करिअर बलियो बनाए भन्ने विस्तृत रुपमा उल्लेख गरेको छ ।

आइतबार ह्वाइट हाउस ब्रिफिङमा भने ट्रम्पले न्यूयोर्क टाइम्सको रिपोर्ट अस्वीकार गरे र आफूले थुप्रै आयकर तिरेको बताए । ‘म धेरै तिर्छु, म राज्यको लागि धेरै आयकर तिर्छु’ उनले भने । ट्रम्पले आन्तरिक लेखापरीक्षण सेवाले आफ्नो जाँच सकेपछि आफ्नो कर विवरण सार्वजनिक गर्न चाहेको बताए । उनले आइआरएसले आफूसँग नराम्रो व्यवहार गरेको समेत आरोप लगाए । ट्रम्पले करवापत कति तिरे भन्ने बताउन अस्वीकार गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *