श्रीलंकाले फोहरका २१ कन्टेनर बेलायतलाई किन फिर्ता पठायो ?

डिसी नेपाल
१२ असोज २०७७ ११:१६

काठमाडौं। श्रीलंकाले फोहरका २१ कन्टेनरहरु बेलायतलाई फिर्ता पठाएको बताउको छ किनकि ती कन्टेनरमा खतरनाक चीजहरु छन् । कस्टम अधिकारीहरुका अनुसार उनीहरुले एउटा प्राइभेट कम्पनीले पठाएका २६३ कन्टेनरमध्ये कैयौंमा अस्पतालको फोहर भेटेका छन् । खासमा जो फोहर जहाजमा चढाइएको थियो त्यसमा पुराना गद्दा, कार्पेट र दरीहरु हुनुपर्ने थियो जसको पुनः प्रयोग हुन सक्छ ।

तर, अधिकारहिरुले भनेका छन् कि कन्टेनरहरुमा प्लास्टिक र पोलिथिनको फोहर पनि भेटिएको छ । श्रीलंकाले यी कन्टेनरहरुलाई २०१८ मा नियनत्रणमा लिएको थियो त्यसपछि यो मामिला अदालतमा पुगेको थियो । अधिकारीहरुका अनुसार शनिबार यीमध्ये २१ कन्टेनरहरुलाई बेलायत फिर्ता पठाइएको छ । श्रीलंकाको कस्टम विभागका प्रवक्ता सुनील जयरत्नेका अनुसार जो कन्टेनर श्रीलंका पठाइएका थिए उनीहरुमा खतरनाक फोहर थिए र यसको निष्काशन युरोपेली संघ र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन थियो ।

इङल्याण्डको वातावरण विभागले भनेको छ कि उनीहरु फोहरको गैर कानुनी निर्यातको समस्या समाधानको लागि प्रतिबद्ध छन् । विभागका एक प्रवक्ताले भने ‘हामी श्रीलंकाका अधिकारीहरुको सम्पर्कमा छौं र हामीले उहाँहरुसँग थप जानकारी मागेका छौं ताकि हामीले आधिकारिक जाँच सुरु गर्न सकौं ।’ यस क्षेत्रमा कैयौं अरु देशले पनि विदेशबाट आएको फोहर फिर्ता पटठाउन सुरु गरेका छन् । जनवरीमा मलेसियाले यस्तै अवैध प्लास्टिक फोहरका ४२ कन्टेनर बेलायत फिर्ता पठाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *